कैलाली जिसस प्रमुखमा कांग्रेसले चाैधरीलाई उठाउने – Nepal Press

कैलाली जिसस प्रमुखमा कांग्रेसले चाैधरीलाई उठाउने

कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउन कांग्रेस कैलालीले प्रदेश समितिमा सिफारिस गरेको छ ।

कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी उनलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गर्दै प्रदेश समितिमा सिफारिस गरेको कैलाली कांग्रेस सचिव नृप सुनारले जानकारी दिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य पराजित भएका उनी अहिले विजयी भएकी हुन् । उनी कार्यपालिका सदस्य पनि हुन् । २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय समिति चलिरहेको थियो ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत साजवादी र एक स्वतन्त्र जनप्रतिनिधिले मतदान गर्ने छन् । समन्वय समितिको निर्वाचन मङ्सिर १६ गते हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर