सुरुङ मार्गको कामले नागढुंगा सडक आंशिक बन्द गरिने – Nepal Press

सुरुङ मार्गको कामले नागढुंगा सडक आंशिक बन्द गरिने

काठमाडौं । नागढुंगा सडक आजदेखि आउँदो मंसिर ५ गतेसम्म दैनिक आंशिक बन्द हुने भएको छ ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जनाएको छ ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *