धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता दिन बाँकी ३ जनालाई बोलाइयो – Nepal Press

धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता दिन बाँकी ३ जनालाई बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष छनोट प्रक्रिया पुनः अघि बढेको छ । आज सूचना निकालेर मंसिर ९ गतेका लागि अन्तर्वार्ता दिन बाँकी रहेका ३ जनालाई बोलाएको हो ।

आज अध्यक्ष सिफारिस समितिले चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताको लागि बोलाएको हो । उनीहरुले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण पनि प्रस्तुत गर्ने छन् ।

गत असोज १८ गतेका अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता हुन सकेको थिएन ।

अध्यक्ष नियुक्त गर्नका लागि सर्टलिस्टमा परहेका ५ जना मध्ये २ जनाले पहिले नै अन्तर्वार्ता दिएका थिए । सर्टलिस्टमा परेका मध्ये २ जना सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तर्वार्ता दिएपनि ३ जना अन्र्तार्वातामा नै सहभागी भएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *