८ वर्षको प्रयासपछि भोलिबाट बंगलादेशमा विद्युत निर्यात हुँदै – Nepal Press

८ वर्षको प्रयासपछि भोलिबाट बंगलादेशमा विद्युत निर्यात हुँदै

काठमाडौं । ८ वर्षको प्रयासपछि नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । भोलिबाट नेपालको बिजुली भारत निर्यात हुनेछ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भोलीबाट नेपालको बिजुली बंगलादेशमा निर्यात हुने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘भोलिबाट नेपालको बिजुली बंगलादेश निर्यात हुने छ । भोलि १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात गर्ने छौं । ८ वर्ष पहिलेदेखि बंगलादेशलाई बिजुली बेच्ने छलफल भएको थियो । अब भोलीबाट भने निर्यात हुने छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर