राप्रपा काभ्रेको जिल्ला अध्यक्षमा सहदेव भण्डारी निर्वाचित
काठमाडौं । राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षहरुमा नवराज सत्याल, इच्छाराम थापा र गीता कुमारी शाही, सचिवमा जीवन कुमार गोले, सहसचिवमा भगवान पराजुली र दामोदर थापालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा हिरा बजगाई, भिमसेन भुजेल, रुपक खरेल, रेमण्ड कर्माचार्य, पुर्ण बहादुर विश्वकर्मा, विनय महत, चेत बहादुर ब्लोन, रमेश प्रसाद दाहाल र लिलादेवी खड्का श्रेष्ठ निर्वाचित भएका छन् ।
आकांक्षी उम्मेदवारहरुबीच सहमति कायम गरि भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार बनेपामा अधिवेशनको उद्घाटन गरेका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।