रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणी- नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको सुहाउँदैन – Nepal Press

रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणी- नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको सुहाउँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट गरे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्मा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाए ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ । भनेको छु’, प्रधानमन्त्री ओलीले रास्वपालाई लक्षित गर्दै भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं । देश ब्याक गेयर लगाएर पछाडि फर्कन सक्दैन नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

 


प्रतिक्रिया

One thought on “रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणी- नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको सुहाउँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर