बयान सकिए पनि रविलाई भोलिमात्रै पोखरा पठाइने – Nepal Press

बयान सकिए पनि रविलाई भोलिमात्रै पोखरा पठाइने

काठमाडौं । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा बयान ढिलासम्म चलेर सकिए पनि आज उनलाई पोखरा नफर्काइने भएको छ ।

उनलाई शुक्रबार बिहान जहाजमार्फत पोखरा लगिने रुपन्देही प्रहरीले जानकारी दिएको रास्वपाका नेता दीपक बोहोराले जानकारी दिए । लामिछानेलाई ७० वटा प्रश्न सोधेर बयान लिइएको बताइएको छ ।

बयान सकेर बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि कागजी प्रकृया मिलाउन ढिलाइ भएको जनाइएको छ । रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याइएको थियो ।

बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो । तीन दिनको बयानमा पहिलो दिन मौखिक र दोस्रो तथा तेस्रो दिन मौखिक ७० प्रश्न सोभिएको थियो ।

सबै प्रश्नमा उनले आफूलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेर अनुसन्धानमा संलग्न अधिकृतले जनाएका छन् । उनी रुपन्देही प्रहरी हिरासतमा तीन दिन बस्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *