युरोपियन नेशन लिग : इङ्ल्याण्डको सहज जित
हेटौँडा । युरोपियन नेशन लिग अन्तरगत शुक्रवार भएको खेलमा इङ्ल्याण्डाले ग्रीस विरुद्ध सहज जित दर्ता गरेको छ ।
ग्रीसको एथेन्समा भएको खेलमा इङ्ल्याण्डले घरेलु टोलीलाई ३-० गोलले पराजित गरेको हो । खेलको सातौँ मिनेटमा घरेलु टोली विरुद्ध इङ्ल्याण्डका ओली वाटकिन्सले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
पहिलो हाफ १-० ले अघि रहेको इङ्ल्याण्डको लागि दोस्रो हाफको ७७ औँ मिनेटमा उपहारस्वरूप दोस्रो गोल प्राप्त भयो । ग्रीसका गोलकिपर ओडिसियसले बल क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुग्यो र खेल २-१ को अवस्थामा पुग्यो ।
खेलको ८३ औँ मिनेटमा कार्टिस जोन्सले गोल गर्दै इङ्ल्याण्डलाई ३-० को सहज जित दिलाए । जितपछि लिग बी को ग्रुप दुईमा १२ अङ्क सहित इङ्ल्याण्ड पहिलो स्थानमा रहँदा बराबरी अङ्क रहेको ग्रीस दोस्रो स्थानमा छ ।
सोही समूहमा रहेको आयरल्यान्डले फिनल्यान्डलाई शुक्रवार राती नै १-० ले हराएको छ । जितपछि आयरल्यान्ड ६ अङ्क सहित तेस्रो स्थानमा छ ।