३ महिनामा टेलिकमको कुल आय १० अर्ब ६ करोड, मुनाफा कति ?
नेपाल प्रेस
२०८१ कार्तिक ३० गते १०:४९
काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रेमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा टेलिकमको कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रहेको छ । गत वर्षको तुलनामा यो आय ५.४९ प्रतिशतले कम हो ।
पछिल्लो ३ महिनामा टेलिकमको खुद नाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । यो गत वर्षको तुलनामा २८ करोड ७८ लाख ४१ हजारले कमी रहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी ३८.६६ रूपैयाँ छ ।
राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले यी ७ वटा कारण देखाएको छ-
- OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आ.व. को तुलनामा करिब रु. १९ करोड ४२ लाख ४४ हजारले कमी भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
- राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
- सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
- सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको ।
- कम्पनीले GSM अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ५७ करोड ९८ लाखले कमी भएको ।
- कम्पनीले गत आ.व. देखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत Defined benefit Obligation को लागि राखिएको Defined Benefit Assets मा चालु आ.व.मा रु. ९ अर्ब १ करोड रकम छुट्टाई नेपाल लेखामान १९ “Employee Benefit” अनुसार Actuarial Valuation गराई खर्च लेखांकन गरेको ।
- कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको ।
प्रतिक्रिया
सम्बन्धित खवर