एमालेको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध
नेपाल प्रेस
२०८१ कार्तिक ३० गते ११:१३
काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा जारी पाँचौ जिल्ला अधिवेशनबाट अनेरास्ववियुका पूर्व उपमहासचिव शिवाकोटी निर्विरोध अध्यक्ष चयन भएका हुन् । उनी अनेरास्ववियुको महासचिवमा पराजित भएपछि विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए । त्यस्तै जिल्ला कमिटी सचिवमा नरेन्द्र न्यौपाने निर्वाचित भएका छन् ।
अन्य पदमा सर्वसम्मतिको प्रयास भइरहेको छ । एमालेका विद्यार्थी र युवा संगठनमा आबद्ध उपत्यकाका संगठित सदस्यहरुबाट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको चयन हुने विधानको व्यवस्था छ ।
प्रतिक्रिया
सम्बन्धित खवर