डोजर अगाडि सुते सुमन सायमी, प्रहरीले झ्याइकुटी पार्दै लग्यो (भिडिओ)
काठमाडौं । गौशालामा महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमीलाई प्रहरीले उठाएको छ । डोजर अगाडि उनी सुतेपछि प्रहरीले उठाएर झ्याइकुटी पार्दै गाैशाला प्रहरी वृतमा पुर्याएका थिए ।
नगरप्रहरीले चक्रपथ सडक सीमा मिचिएको भन्दै घरहरुमा डोजर चलाइरहेको छ । डोजर आउनासाथ स्थानीयवासीहरुले विरोध गरे पनि नगर प्रहरी रोकिएन ।
अभियन्ता सायमी पनि सुरुबाटै उपस्थिति थिए । उनले पनि प्रहरीलाई रोक्ने प्रयास गरे तर सकेनन् ।
घरमा भत्काउने काम जारी रहँदा अचानक सायमी डोजर अगाडि आएर सुतिदिए । सुरुमा थोरै भत्काउने भनिए पछि सिंगै घरमा डोजर चलाइएको भन्दै उनले आपत्ति जनाएका थिए । प्रहरीले तत्काल उनलाई झ्यापझुप पारेर उठाए ।
सायमीसँगै उनलाई साथ दिन खोजेका अर्का एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्काे चाेटि त सुमन सायमीले त्यतै स्थानियका मेयर बन्लान जस्ताे छ ।