ऊर्जा राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा परेकोबारे विश्वप्रकाशले उठाए प्रश्न – Nepal Press

ऊर्जा राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा परेकोबारे विश्वप्रकाशले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा उनले नै प्रष्ट पार्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा कान्छाराम समेत उपस्थित भएका बेला सांसद शर्माले कालोसूचीमा परेका बारे राज्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका हुन् । राज्यमन्त्री तामाङ कांग्रेसका रामेछाप जिल्ला सभापति समेत हुन् ।

शर्माले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ । राज्यमन्त्रीको कम्पनी कालोसूचीमा गएको हो भने उहाँले भन्नुपर्छ ।’

यसरी राज्यको कामको ठेक्का लिएर अलपत्र पार्ने र कालोसूचीबाट उन्मुक्तिको व्यवस्था मान्य नहुने उनले बताए ।


प्रतिक्रिया

One thought on “ऊर्जा राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा परेकोबारे विश्वप्रकाशले उठाए प्रश्न

  1. काँग्रेस भनेकै लुटने पार्टी हो । यसको अन्य केही उद्देश्य नै छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर