हवाई भाडादर वृद्धिबारे मन्त्री पाण्डेलाई भेटेर गगनले गराए ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई क्षेत्रमा देखिएका समस्या समाधान गर्न पर्यटनमन्त्री बन्द्री पाण्डको ध्यानाकर्षण गराएका छन्।
महामन्त्री थापासँगै कांग्रेस सांसद सञ्जय गौतमले मन्त्रालयमा पुगेर हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको बारेमा ध्यानाकर्षण गराएका हुन्।
उनले भनेका छन्, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौ।
डिसेम्बर महिनाबाट धेरै सुधार हुन्छ भन्ने कुरा आएपनि त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था रहेको बताएका छन्। समस्या समाधानको लागि सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमिततालाई चेक गर्न आवश्यक सुझाव दिएको बताएका छन्।
उनल भनाइ जस्ताको तस्तैः
१. हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा
(क)अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौ।
(ख) डिसेम्बर महिना बाट धेरै सुधार हुन्छ भन्ने कुरा आएपनी त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था छ। यसको समाधानको लागी सबै उपायहरू लगाएर भाडदारमा भइरहेको अनियमितता लाई चेक गर्न आवश्यक रहेको बुझाउँदै हामीले हाम्रा सुझाव दिएका छौँ।
ग० यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई ुके(कस्तो उपायहरू लगाएर थप गतिशील बनाएर कसरी निर्माणको अवधि घटाउन सकिन्छरु जसले गर्दा निर्माण अवधि घट्न सक्छ।ु, भन्ने हाम्रो चासोको विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराहनीय छ।
२.कोरियामा जाने श्रमिकहरू महँगो हवाई(भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ। यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, इपीएस, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडी बढाउँछु’ भन्ने कुराको विश्वास दिलाउनुभएको छ।