स्वामिकार्तिक खापर उपनिर्वाचन: चारै दलका आफ्ना उम्मेदवार, कसको पल्ला भारी ? – Nepal Press

स्वामिकार्तिक खापर उपनिर्वाचन: चारै दलका आफ्ना उम्मेदवार, कसको पल्ला भारी ?

बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलीय प्रतिस्पर्धा हुने भएको छ । यस अघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरिसकेका थिए । नेकपा एकीकृत समाजवादीले पनि ढिलोगरि उम्मेदवार तय गरेसँगै उपनिर्वाचनमा चार दलीय प्रतिस्पर्धा हुन लागेको हो ।

समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ ।

काँग्रेस, माओवादी र समाजवादी मिलेर नै चुनाव लड्ने योजनामा बनाएका थिए । यी तीन दलले वार्ता समिति समेत गठन गरेका थिए । माओवादीले केन्द्रीय सचिवालयको निर्णय अनुसार समाजवादी मोर्चामा मात्रै सहकार्य गर्ने भन्दै आफ्नो उम्मेदवार घोषणा गरेको थियो ।

माओवादीले उम्मेदवार घोषणा गरेको केहीदिन पछि नेकपा एकीकृत समाजवादीले उम्मेदवार सार्वजनिक गरेको हो । गाउँपालिकामा मङ्सिर १६ गते हुने उपनिर्वाचन हुन लागेको छ ।

चार वटै राजनीतिक दलहरू बिच प्रतिस्पर्धा हुने भएपनि उपाध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच नै ठक्कर पर्ने देखिन्छ ।
२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा ९एमाले०की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याइन् ।

त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो ।

७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।
जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ । भने नेकपा एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ ।

यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् । रास्वपाले भने आफ्नो उम्मेदवार नै पाएको छैन । स्वामिकार्तिकमा मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर