लिङ्देनको नेतृत्वमा सुदूरपश्चिम यात्रा गर्दै राप्रपा
नेपाल प्रेस
२०८१ मंसिर १ गते ११:४७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन्।
यात्रा आइतबारदेखि बाजुराबाट सुरु हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाका शीर्ष नेताहरुले आइतबार बाजुराको बोल्टी, सोमबार अछामको मंगलसेन, मंगलबार डोटी, बुधबार कञ्चनपुर र बिहिबार कैलाली साडेपानीमा पुग्नेछन्।
सुदूरपश्मिचको कुरा सुन्न र आफ्ना कुरा भन्नको लागि राप्रपाले यात्रा तय गरेको हो। यसअघि राप्रपाले कर्णाली प्रदेशको यात्रा गरेको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर