वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान – Nepal Press

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् ।

अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *