कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै मुलुकलाई समाजवादको दिशामा लान सकिन्छ: माधव नेपाल (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन् ।
अक्टोबर क्रान्ति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीकाे अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए ।
नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा एस अघि बढिरहेको जानकारी दिए ।
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्ताे बाेल्न त लाज लाग्नु पर्ने हाे । पार्टी किन फुटाकाे त ?
तिमीहरूको आयातित समाजबाद र मार्क्सबाद चाहीदैन, यूरोपबाट भाडामा ल्याइएको सिदान्त उतै बोकेर जाउ। नेपालको सनातन परम्परा र वैदिक परम्परामा आधारीत राजनैतिक सिदान्तले मात्रै हाम्रो भलो हुन्छ । ३५-३६ बर्ष सम्म नेपालमा समाजबादी- मार्कसबादी हरूले शाशन गरेको परिणाम स्वरूप नेपाल अझै मगन्ते र अति कम बिकसित देशमा पर्छ। संसारमा निर्यात गर्न सक्ने सनातन परम्परा आधारीत राजनैतिक सिदान्त नभएसम्म नेपाल हैसियतमा केही पनि बृद्दी हुन्न।