एनएमबी बैंकको ‘कृषि कर्जा’- एपबाटै विनाधितो २ लाखसम्म लिन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको बेला एनएमबी बैंकले पनि कृषिमा लगानी वृद्धि गरिरहेको छ ।
बैंकले युवा, महिला र उद्यमीलाई कृषिमा नेपाललाई आत्मनिर्भर बनाउने र नेपाली कृषि उपजको विदेश निर्यात गर्ने उद्देश्य लिएर कृषि क्षेत्रमा लगानी गरिरहेको छ । बैंकले कृषिको उत्पादन, प्रोसेसिङ र मार्केटिङमा लगानी गरिरहेको छ ।
एनएमबी बैंकले कृषकलाई लक्षित गरेर एनएमबी खेती कर्जा लाएको छ । जसमा कृषि गर्न चाहेर पनि लगानी र धितो नभएका व्यक्तिहरूलाई २ लाखसम्मको एनएमबी खेती कर्जा प्रदान गरिरहेको छ ।
यो लोन लिन चाहनेले खेती एपमा गएर एनएमबी खेतीकर्जाबाट आवेदन दिन सक्ने छन् । एपमा गएपछि एपले मागे अनुसारको प्रक्रिया पुरा गरेर एनएमबी खेती कर्जा लिन सकिने छ । यो कर्जा लिनका लागि बैंकमा जानु पर्दैन । एनएमबी खेती कर्जा लिन चाहनेले आफू बसेको ठाउँबाट नै खेती एपमार्फत लोन पाउने छन् । बैंकमा गएर लिखित रूपमा फर्म भर्न पर्दैन भने कर्जा सिधै खातामा आउने छ ।
एनएमबी बैंकले कृषिमा २२ अर्बभन्दा धेरै लगानी गरेको बैंकका कृषि अधिकृत कृष्णप्रसाद भट्टले बताए ।
उनले भने, ‘बैंकले कृषिमा कसरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर लगानी गरिरहेको छ । एनएमबी खेती कर्जा, महिला कृषि कर्जा र युवा कृषि कर्जा दिइरहेको छ । बैकले अदुवा, अलैँची, धान, मकैं, किबी, केरा, तरकारी लगायतको कृषिजन्य उत्पादनको लागि कृषिलोन दिइरहेको छ । बैंकले चिया, डेरी, मौरी पालन र पशुपालनमा पनि कृषि कर्जा दिइरहेको छ । बैंकमा नै नआई एनएमबी खेती कर्जा २ लाख दिइरहेको छ ।’
एनएमबी बैंकले राष्ट्र बैंकले तोकेको सीमा अनुसार नै कृषिमा लगानी गरिरहेको छ । राष्ट्र बैंकले २०८३ को असारसम्म १३ र २०८४ को असारसम्म १५ प्रतिशत लगानी कृषिमा गर्न भनेको छ । सोही अनुसार बैंकले कृषिमा लगानीको तयारी गरिरहेको छ ।
एनएमबी बैंकले कृषिमा लोन लिने र कृषि गर्नेहरूको लागि कृषि हेल्प डेक्स पनि राखेको छ । डेक्समा कृषि अध्ययन गरेको कर्मचारीहरू राखिएको हुन्छ । कृषि गर्नेहरूका लागि सूचना, ज्ञान र परामर्श दिने काम बैंकले गर्दै आएको छ । एनएमबी बैंककको कल सेन्टरमा फोन गरेर पनि कृषि लोन र कृषिका विषयमा बुझ्न सकिन्छ ।
बैंकले युवा, महिला र साना तथा मझौला कृषि गर्नेहरूका लागि कृषि कर्जा दिइरहेको छ । विदेशबाट नेपालमा आएर कृषि गर्न चाहने युवाहरूका लागि पनि बैंकले कृषि लोन दिइरहेको छ । विदेशबाट नेपाल आएर कृषि गर्न चाहने नेपालीले १५ लाखसम्म कृषिकर्जा पाउने छन् ।
बैंकले ७ वाटै प्रदेशमा उत्पादन हुने नगदे बाली, आत्मनिर्भरका लागि सहयोग पुग्ने बाली र निर्यात गर्न सकिने कृषिको उत्पादनमा विशेष जोड दिने तयारी गरेको छ । प्रदेश अनुसारको उत्पादनमा कृषि कर्जा कसरी दिन सकिन्छ र उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ ।
बैंकले ६ सयभन्दा धेरैलाई विना धितो २ लाख एनएमबी खेती कर्जा दिएको छ । भने, कृषि उद्यम गरिरहेका २ हजारभन्दा बढी कृषकलाई २२ अर्बभन्दा धेरै कृषि कर्जा दिएको छ । जसमा सौलियतपूर्ण कर्जा ९ सयभन्दा बढी कृषकलाई ३ अर्ब ५ करोडभन्दा धेरै कर्जा रहेको छ ।
एनएमबी बैंकको देशभर २ सय १ वटा शाखा रहेको छ । प्रत्येक शाखाबाट कृषकले कृषि कर्जा पाइरहेका छन् । भने, एनएमबी बैंकबाट कृषि कर्जा लिएर मौरी पालन गरेका, तरकारी खेती गरेका र पशुपालन गरेका कृषकहरू केन्द्र र प्रदेश सरकारबाट सम्मानित भइरहेका छन् ।
–प्रवर्द्धनात्मक सामग्री