टेलिकमको सेवा रोबर्टबाट- सुविधा र प्याकेजको जानकारी दिन सुन्धारामा राखियो ‘मैना’ (भिडिओ) – Nepal Press

टेलिकमको सेवा रोबर्टबाट- सुविधा र प्याकेजको जानकारी दिन सुन्धारामा राखियो ‘मैना’ (भिडिओ)

काठमाडौं । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको छ ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

आज मैना रोबर्टको डेमोमात्रै शुरू गरिएको गरिएको भन्दै उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा थालिएको बताए ।

रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको भन्दै पन्थीले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजबारे ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताए ।

उनले भने,‘सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम गर्छौं । शनिबार पनि खुला हुन्छ । सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं । त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरू निकालिन्छ । हरेक प्याकेज आउनेबित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ ।’

शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *