रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मागसहित रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा – Nepal Press

रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मागसहित रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे । मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर