सहकारी ठगी मुद्दामा रवि लामिछानेसहित २२ जनाविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी – Nepal Press

सहकारी ठगी मुद्दामा रवि लामिछानेसहित २२ जनाविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी

काठमाडौं । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

काठमाडौं महानगरपालिका- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको एसपी अधिकारले बताए । काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको हो ।

सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *