पर्सामा कांग्रेस र एमालेकाे जिल्लास्तरीय संयन्त्र, प्रधानमन्त्रीलाई ज्ञापन बुझाइने
वीरगञ्ज । नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय राजनैतिक संयन्त्र पर्साको बैठक आइतबार वीरगञ्जमा सम्पन्न भएको छ ।
संयन्त्रको बैठकले जिल्लाको समग्र विकास निर्माणको लागि पर्सा जिल्लाबाट संघीय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुसित छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीको सभापतित्वमा भएको बैठकमा कांग्रेसका उपसभापति रामनारायण कुर्मी र जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भरकुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागी थिए ।
कांग्रेस र एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलीय संयन्त्र बनाइको छ ।