पुथा उत्तरगंगामा एमाले–कांग्रेस गठबन्धनसहित ५ जनाको मनाेनयन, अन्तिममा फेरियो माओवादीकाे उपाध्यक्ष उम्मेदवार – Nepal Press

पुथा उत्तरगंगामा एमाले–कांग्रेस गठबन्धनसहित ५ जनाको मनाेनयन, अन्तिममा फेरियो माओवादीकाे उपाध्यक्ष उम्मेदवार

रुपन्देही । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनसहित ५ दलले उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका उपाध्यक्षको उम्मेदवारमा ५ जना र वडा नं. २ को अध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नरपुरा बुढा पुन, एमाले-कांग्रेसको गठबन्धनबाट कांग्रेसको चुनाव चिन्हमा एमालेका केशकुमारी तुलाचन, नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढा, स्वतन्त्रबाट कोपिला पुन बुढा र मोहनभक्त बुढा गरी ५ जनाले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।

यसैगरी वडा नं २ को अध्यक्षमा माओवादी केन्द्रबाट जगत घर्ती र कांग्रेस-एमालेको गठबन्धनबाट एमालेका जीवन रोकाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले-कांग्रेसको गठबन्धन भएपछि माओवादीले अन्तिम समयमा उम्मेदवार फेरेको छ । यसअघि ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादीले अन्तिम समयमा यसअघि उपाध्यक्ष जितेर दुर्घटनामा मृत्यु भएकी भूपेन्द्रा पुनकी दिदीलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *