ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण – Nepal Press

ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कलेजो रोगको उपचारका क्रममा पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आज दिउँसो निधन भएको थियो ।

उनका कान्छो छोरा निमेष लण्डनमा रहेकाले उनी आएपछि सोमबारमात्रे ढुंगानाको अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताएका छन् ।

स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *