हेटौंडामा लिङ्देनको उम्मेदवारलाई थापाको समर्थन – Nepal Press

हेटौंडामा लिङ्देनको उम्मेदवारलाई थापाको समर्थन

हेटौंडा । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता कार्य सम्पन्न भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदको लागि निर्वाचन हुँदैछ । आज भएको मनोनयन अनुसार यहाँ एक पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । तर हेटौंडामा गत प्रतिनिधिसभामा प्रमुख प्रतिस्पर्धी रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक भएका छ्न ।

राप्रपाको नेतृत्वमा लिङ्देन आएपछि छुट्टै पार्टी बनाएका थापा र लिङ्देन नेतृत्व पक्षमा नेता दिपकबहादुर सिंहबिच मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनमा चर्को प्रतिस्पर्धा चलेको थियो । प्रतिस्पर्धामा आफ्नै राजनीतिक गुरु थापालाई सिंहले हराइदिएका थिए । तर अहिले त्यतिबेलाको प्रतिस्पर्धालाई भुलेर थापा पक्षको राप्रपा नेपालले लिङ्देन पक्षको राप्रपा उम्मेदवार प्रेम लामा भ्लोनलाई सहयोग गर्ने भएको हो ।

आज राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंह र राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा सहितको नेता कार्यकर्ताले वडा नम्बर १२ मा एक भएर लाग्ने घोषणा गरेका हुन् ।

निर्वाचनको सन्दर्भको उक्त घोषणाले अब निकट भविष्यमा राप्रपा र राप्रपा नेपालको एकीकरण हुन लागेको त हैन भन्ने संकेत मिलेको छ । पछिल्लो समय हिन्दु राज्य, राजा सहितको प्रजातन्त्र र संघियता खारेजी लागएतको अजेण्डामा थापा र लिङ्देनको मत एकै रहदै आएको छ ।

अब राजतन्त्र छाडियो भनेर एमालेको सुर्य चुनाव चिन्हबाट मकवानपुर–१ मा चुनाव लडेका थापाले पराजित भएको छोटो समयमानै आफ्नो प्रतिवद्दबाट ञयुटर्नझ लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर