रविले डायल गरेको ‘रङ नम्बर’: गगन-आरजु कि केपी ओली ?
विगत तीन सातादेखि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने कैफियत देखिएको भन्दै नेपाल प्रहरीले अदालतसँग माग गरेबमोजिम पक्राउ पुर्जी जारी भई लामिछाने हिरासतमा पुगेका हुन् । प्रहरीले आवश्यक देखेको खण्डमा उनलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।
आफ्ना सभापति पक्राउ परेपछि रास्वपा यतिबेला सडक प्रदर्शनमा छ । उसको आरोप छ- सरकारले बद्नियत र षड्यन्त्रपूर्वक आफ्ना सभापतिलाई फसाइएको हो । ‘यो त्यस्तो विन्दु हो कि जहाँ राज्यको डरलाग्दो, निष्कृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन’, केही समय अगाडि रास्वपाको केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिमा उसले भनेको छ । उसले पीडितको समस्यालाई राजनीतीकरण गरिएको बताउँदै आएको छ ।
रास्वपाको यो विरोधमा प्रमुख निशानामा नेकपा एमाले र यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । लोकरिझ्याइँ र ‘पपुलिस्ट’ भाषण गर्ने रास्वपा र मिडियाको क्लिक बेड हेडलाइनको प्राथमिकीकरणले जनतामा केपी ओली यस पछाडिका स्टेकहोल्डर हुन् भन्ने भाष्य स्थापित भइरहेको छ, तर सत्य यो होइन । यथार्थमा यसमा विशेषगरी दुई व्यक्ति जोडिएका छन् । तिनमा एक गगन थापा हुन् भने अर्को नाम वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणाको आउँछ । आज जुन कारणले रवि लामिछाने प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्, ती विषयको उठान नेपाली कांग्रेसका कारण भएको हो ।
दोहोरो नागरिकता प्रकरणपछि पुनः भएको निर्वाचनमा पनि जीत निकाल्दै संसद छिरेर दोस्रो पटक गृहमन्त्री बनेपछि लामिछानेले आफूलाई जबरदस्त नेता र मसिहाका रुपमा आफूलाई प्रस्तुत गर्न र बहुचर्चित ‘मिसन ८४’ पछि देश हाँक्ने नेताको रुपमा उदाउने महत्वाकांक्षालाई मलजल गर्न टीकापुरको सरकारी जग्गा हिनामिनाको विषयमा राणामाथि सीआईबीमार्फत निगरानी बढाएका थिए । रवि राणालाई पक्राउ नै गर्न चाहन्थे । जबकि राणाले सो जग्गा आफूले किनेको र घोटाला आफूले जग्गा किनेको समयभन्दा धेरै पछाडिको भएको बताउँदै आएकी थिइन् ।
रास्वपाको यो विरोधमा प्रमुख निशानामा नेकपा एमाले र यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । लोकरिझ्याइँ र ‘पपुलिस्ट’ भाषण गर्ने रास्वपा र मिडियाको क्लिक बेड हेडलाइनको प्राथमिकीकरणले जनतामा केपी ओली यस पछाडिका स्टेकहोल्डर हुन् भन्ने भाष्य स्थापित भइरहेको छ, तर सत्य यो होइन ।
तर रवि कुनै पनि हालतमा राणालाई पक्राउ गर्ने उत्कठ चाहनामा थिए । उनले कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियालाई पनि नागरिकताको विषयमा पर्याप्त छानबिन नगरी पक्राउ पुर्जी जारी गराउँदै पक्राउ गरेका थिए । पछि सो विषय प्रमाणित हुन सकेन । रविले आफूमाथि दुःख दिन नै पक्राउ गर्न लागेको बुझाइमा रहेकी डा.आरजु राणा लामिछानेसँग रुष्ट थिइन् । रविले गृह प्रशासनको दुरुपयोग गरेको उनको बुझाइ रह्यो । सामान्यतया प्रहरीले अदालतसमक्ष अनुसन्धान गर्नुपर्ने देखियो भनेपछि सजिलै पक्राउ पुर्जी दिने गरेको छ ।
लामिछाने यही सहजतालाई प्रयोग गर्दै आरजुलाई पक्राउ गरेर ‘यी मैले ठूलो माछा समाएं’ भनेर सन्देश दिन चाहन्थे, तर रातारात बदलिएको सत्ता समीकरणले रविको चाहनामा तुषारापात भयो । उनी तथ्य-प्रमाण नभए पनि आरजुलाई पक्रेर देउवा परिवारको राजनीति सिध्याउने र आफू हिरो बन्ने दाउमा थिए । रविको यो कच्चा खेलबारे केपी ओली र प्रचण्ड अवश्य जानकार भएकै हुनुपर्छ । सायद देउवासम्म यो सूचना पनि शीर्ष तहबाटै पुग्यो होला । त्यसपछि कांग्रेस सभापति देउवालाई प्रचण्डको धोकाको बदला लिने र रविमाथि प्रतिकारबाही गर्ने मौका मिल्यो र एमालेसँग हात मिलाउन पुगे । एमाले पनि प्रचण्डबाट पाएको धोकाको बदला लिने मौकाकै ताकमा थियो कि ?
मिसन ८४ को सम्भावित अंकगणितमा कांग्रेसलगायतका सबै दल तलबितल नपरोस् भन्नेमा सचेत छन् । यसैबिच नेपाली कांग्रेस छोडेर प्रचण्डले एमालेसँग काँध मिलाएपछि संसदको प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसका लागि मुद्दा चाहिएको थियो । यसैबेला सहकारी ठगी प्रकरण बाहिरिन थालेपछि कांग्रेसको भावी नेतृत्वका रुपमा आफूलाई पेस गरिरहेका गगन र कांग्रेसका लागि एउटा मुद्दा प्राप्त भयो । रविको जीबी राईसँगको कनेक्सनबाट ग्यालेक्सी टीभीमाथि सहकारीमा जम्मा भएको रकम चोर बाटोबाट भएको लगानीको खुलासाले संसदमा कांग्रेसको स्वर ठूलो बनाउन पर्याप्त भयो ।
त्यसपछि कांग्रेसले रवि लामिछानेका विरुद्ध संसदीय छानबिन समितिको गठनको माग गर्यो । सो नहुँदासम्म उसले संसद अवरोध गरेको थियो । संसदमा गगनले रविले रकम अपचलन गरेको प्रमाण आफूसँग भएको नै भने । सो कुरालाई रविले चुनौती दिँदै संसदीय समितिको छानबिनका लागि आफू तयार भएको बताए । दलहरुको सहमतिमा संसदीय समिति गठन पनि भयो । प्रतिवेदनले रविमाथि कैफियत देखायो ।
रवि पक्राउपछि एमाले र कांग्रेसको मिलन नै रविलाई सिध्याउन भएको भनेर रास्वपाका नेता कार्यकर्ताले घोक्रो फुलाउने गरेका छन् । यसमा उनीहरु प्रमुखगरी प्रम ओलीविरुद्ध धेरै खनिएका छन् । जबकि यथार्थ यस्तो होइन ।
त्यही कैफियतका आधारमा रवि पक्राउ परे । रवि पक्राउपछि एमाले र कांग्रेसको मिलन नै रविलाई सिध्याउन भएको भनेर रास्वपाका नेता कार्यकर्ताले घोक्रो फुलाउने गरेका छन् । यसमा उनीहरु प्रमुखगरी प्रम ओलीविरुद्ध धेरै खनिएका छन् । जबकि यथार्थ यस्तो होइन । जुन कुराको खुलासा प्रम ओलीले बिहीबार कान्तिपुर पब्लिकेसनले गरेको ‘कान्तिपुर कन्क्लेभ’को क्रममा गरेका छन् । उनले आफ्नो रुचि नहुँदानहुँदै संसदीय समिति छानबिन गठन भएको बताए । उनले रविका लागि आफूले सधैं हित सोचेको र उसले गर्न लागेका काममा सहयोग नै गरेको बताए ।
उनले रविले अमेरिकाबाट फर्किएपछि आफूकोमा आएको र काम नभएको बताएपछि उनका लागि ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम गर्ने तारतम्य मिलाइदिएको बताए । उनले धेरैपछिसम्म आफूले रविको सहकारीलगायतमा जोडिएको कुरा कल्पनासमेत नगरेकोसमेत खुलासा गरे । ओलीले रवि निर्दोष तथा दोषी ठहर हुने दुबै कुरामा आफू संलग्न नहुने भन्दै सो कानूनी प्रक्रियाबाट आफूलाई पर राखिदिन आग्रहसमेत गरे । सोक्रममा आफ्नो सांकेतिक शवदहन गरिएकोसम्मका कुरामा असन्तुष्टि व्यक्त गरे ।
जानकारहरु भन्छन्- रवि ओलीकै सदासयताका कारण गृहमन्त्री बन्न सकेका हुन्, तर पछिल्ला घटनाक्रमबाट आफू तारो बनाएको विषयमा प्रम ओली दुःखी छन् । रवि पक्राउको विषयमा नितान्त मन्त्री राणा र गगन थापाको चाहना हो र त्यसमा ओली उनीहरुसँग झुकेको बताइन्छ । आफ्ना सभापति पक्राउ पर्ने भएपछि केही रास्वपा नेताको गृहमन्त्री रमेश लेखक भेट्ने चाहना राणाका अनिच्छाका कारण सम्भव नभएको बताइन्छ । यो सबै प्रक्रियामा गगन थापा हावी बने । उनले मन्त्री राणालाई पनि खुसी बनाएर रविलाई देखाइदिएको चर्चा छ ।
पहिलो पटक संसद छिर्दासम्म रवि र गगनको सम्बन्ध सुमधुर रहेको थियो । तनहुँ- १ उपनिर्वाचनपछि भने यी दुबैको सम्बन्ध बिग्रिन सुरु भएको बताइन्छ । आमनिर्वाचनमा गगनकै क्षेत्रमा उम्मेदवारी दिने मुडमा रहेका रविले ‘गगन जत्तिको युवा नेता चाहिन्छ’ भन्ने आशयका साथ आफूलाई चितवन सारे । त्यहाँ पनि उनले राप्रपा नेता विक्रम पाण्डेलाई फिल्ड क्लियर गरेको चर्चा छ । लामिछानेले आफ्ना ससुरा उद्धव पौडेल (राप्रपा उपाध्यक्ष)को लबिङमा पाण्डेको क्षेत्रमा उम्मेदवारी नदिएको बताइन्छ । यो गुनको बदला पाण्डेले निर्वाचनमा अप्रत्यक्ष सहयोग गरेको आरोपसमेत लागेकै हो ।
तनहुँ- १ को उपनिर्वाचनमा स्वर्णिम वाग्लेले कांग्रेसबाट टिकटको चाहना राखेका थिए, तर उनले पाएनन् । त्यसपछि रविले वाग्लेलाई आफ्नो पार्टीबाट चुनाव लड्ने प्रस्ताव गरे । सो प्रस्तावलाई स्वीकार्दै वाग्लेले निर्वाचन लडे र विजयी भए । यो निर्वाचनका दौरान थापाले आफ्ना प्रचार भाषणहरुमा लामिछाने र वाग्लेलाई कटाक्ष गरे । जवाफमा थापामाथि पनि कटाक्षहरु भए । स्मरणीय के छ भने वाग्ले कुनै समय थापाकै कोर टीमभित्रका प्रमुख सहयोगी थिए । यो निर्वाचनमा गगनले सार्वजनिक रुपमा कटाक्ष गरे पनि भित्रभित्र वाग्लेलाई सहयोग नै पुर्याएको आरोप पनि खेपेकै हुन् ।
राजनीतिक आक्षेपबाट सुरु भएको मनोमालिन्य व्यक्तिगत तहका क्षुद्रतापूर्ण अभिव्यक्तिमा पुगेपछि थापा र लामिछाने एकअर्काविरुद्ध होस्टायल बने । यसैगरी बहुचर्चित ‘मिसन ८४’ मा रविले इगो साँध्न आफ्नो लोकप्रियतालाई क्यास गर्दै गगनकै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरे । यसबाट पनि थापा लामिछानेसँग सचेत भए ।
यतिबेलासम्म पनि थापा र लामिछानेको दुश्मनी सुरु भइसकेको थिएन, तर जब सहकारी ठगी प्रकरण र सोको तार जीबी राई, ग्यालेक्सी टीभी हुँदै रवि लामिछानेसम्म जोडिन थाल्यो, गगनले संसद र बाहिर निरन्तर आवाज उठाउन थाले । रवि दोस्रोपटक गृहमन्त्री बनेपछि थापा र कांग्रेसले सहकारीको विषयलाई झन चर्कायो र छानबिन समिति गठनको माग भयो । यसबिच लामिछानेले थापा पनि आरोपहरुबाट अछुतो नरहेको र आर्थिक हिनामिनामा रहेको हल्ला चलेको भन्दै गगनमाथि नै अपुष्ट आक्षेप लगाए, जुन गगनलाई स्वीकार्य थिएन ।
रवि-गगनबिच आरोपप्रत्यारोप चलिरहँदा थापाले आफूसँग लामिछानेले ऋण लिएको प्रमाण रहेको दाबी गर्दै ‘सहकारीमा आफैंले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं’ भनेका थिए । रविले पनि थापाले प्रमाण दिए राजनीति नै छाडिदिने घोषणा गरे । ‘मैले लोन माग्न निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि ! त्यो दिनुभयो भने म राजनीति छोडिदिन्छु, दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ’, उनले भनेका थिए ।
यसैगरी रविले थापाको बहुचर्चित काण्डको हवाला दिँदै छानबिन ती विषयको गर्नुपर्ने बताएका थिए । थापाले रविलाई जवाफ फर्काउँदै ‘सबै खोल्नुस्, छानबिन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस् र नअल्मलाउनुस् पनि’, भनेका थिए । राजनीतिक आक्षेपबाट सुरु भएको मनोमालिन्य व्यक्तिगत तहका क्षुद्रतापूर्ण अभिव्यक्तिमा पुगेपछि थापा र लामिछाने एकअर्काविरुद्ध होस्टायल बने । यसैगरी बहुचर्चित ‘मिसन ८४’ मा रविले इगो साँध्न आफ्नो लोकप्रियतालाई क्यास गर्दै गगनकै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरे । यसबाट पनि थापा लामिछानेसँग सचेत भए । उनी रविलाई आफूसँग चुनाव लड्न आउने चाहनालाई ८४ अगाडि नै रोक्ने मिसनमा छन् । हिरासतमा पुगे पनि उनीहरुको टकराव रोकिएको छैन ।
कास्कीबाट रुपन्देही पुर्याइएका रविले त्यहाँ केही दिन अगाडि ‘खोरमा राख्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिए । धेरैले यो अभिव्यक्तिको निशाना ओली भएको बुझे पनि खासमा उनको संकेत थापा थियो, तर यी सबै प्रकरणमा प्रम ओली छन् है भन्ने भाष्यले धेरै काम गरिरहेको एमालेको बुझाइ छ । यो कार्यकालमा ओली पहिलेका कार्यकाल झैं धेरै भोकल भएका छैनन् । सार्वजनिक कार्यक्रममा समेत उनी विपक्षीलगायतप्रति पहिले झैं आक्रामक छैनन्, तर रास्वपाका निम्नस्तरका टिप्पणीप्रति भने उनी खुशी छैनन् । रविले जसरी अहिले ओली र एमालेमाथि मनपरी बोलिरहेका छन्, भोलि उनका लागि त्यही बोली गलपासो बन्नसक्छ । किनकि उनी बारम्बार रङ नम्बर डायल गरिरहेका छन् ।
ओलिले त रविलाई माया नै गरेका छन् । रविको पछि लागेको नम्बर एक गगन त्यसपछि काँग्रेस हो । रवि र रास्वपाले यो कुरा बुझुन् ।
सहकारीको संचालक समितिमा नरहेको र सदस्य समेत नरहेको रबिलाई सहकारी ठग भन्दा लाज लागेन कालो काङ्ग्रेस-भ्रष्ट एमाले ठगबन्धनलाई?!!
यो त्यस्तो विन्दु हो कि जहाँ राज्यको डरलाग्दो, निष्कृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन।
सहकारीको संचालक समितिमा नरहेको र सदस्य समेत नरहेको भएरै ठगी भनिएको हो ।
डाक्टर सन्जु पौडेल एमालेमा आबद्ध लेखक हुनुहुँदो रहेछ।
ओलीको विषयमा त्यो सत्य नभएको लेख्ने र गगन आर्जुको विषयमा यस्तो आशंका छ भनेर लेख्ने। यस्तो त सामान्य राजनीतिक लेख पढ्नेले बुझिहाल्छ नि।
कैलाश सिरोहीलाई यथेष्ट प्रमाण नपुर्याई पक्राउ गरिएको भन्ने लेख्नुभएको रहेछ। नि रवि लामिछानेलाई चाहिँ पूरा प्रमाण पुर्याएर समातिएको हो नि त हैन?
राम्रो नलेख्ने कलम भाँचिदिएकै बेस ।
यो यसै भनेको हो? संका लागेर भनेको हो ?
१. संसदमा को कत्ति उफ्रियो, कसले के भन्यो र कत्ति सम्म गर्यो त्यो देखिएको हैन ?? गगन, रामहरी, लेखराज का प्रमाण खै ??
२. ओलीले ब्येक्ति किटानी गरेर छानबिन हुन्न भनेका हैनन्, तर रबि आफैले हुन्छ भनेर सिंगो देश यौटा ब्येक्तिको पछि लागेको हैन :: त्यो बाटो कोर्ने कांग्रेश हो, प्रचण्डको मौन समर्थन र रबि त्येषको सहजकर्ता तर एमालेले त बिरोध गरेको थियो त्येषको !!
३. रबिकै पार्टीको सदस्यले बनाएको प्रतिबेदन अनि कांग्रेशको गृहमन्त्री सुर्रिएर समाउने : खासमा बिरोध गर्नु पर्ने कसको हो ??
अनि द्रिस्तिबिहिन नभनेर के भन्ने ??
यस्तो लाग्छ : नेपालमा आखा सद्धे भए पनि दृस्टी कमोर भएका मान्छेको बिगबिगी छ : हरेक इस्यु जुन आउछन ती ‘दृस्टी बिहिनले हात्ती छामे’ जस्तो !! यौटा, पुच्छर पक्डिञ्छ, हात्ती त्येही हो भन्छ, अर्कोले के छाम्छ त्यसले त्येही हो हात्ती भन्छ !! आजका बिस्लेसण र तर्क त्येस्तै लाग्छन : अल्प ज्ञान, अल्प ज्ञानी बेरॉगार्हरुको कर्म अनि कर्मथलो !!!
यो यसै भनेको हो? संका लागेर भनेको हो ?
१. संसदमा को कत्ति उफ्रियो, कसले के भन्यो र कत्ति सम्म गर्यो त्यो देखिएको हैन ?? गगन, रामहरी, लेखराज का प्रमाण खै ??
२. ओलीले ब्येक्ति किटानी गरेर छानबिन हुन्न भनेका हैनन्, तर रबि आफैले हुन्छ भनेर सिंगो देश यौटा ब्येक्तिको पछि लागेको हैन :: त्यो बाटो कोर्ने कांग्रेश हो, प्रचण्डको मौन समर्थन र रबि त्येषको सहजकर्ता तर एमालेले त बिरोध गरेको थियो त्येषको !!
३. रबिकै पार्टीको सदस्यले बनाएको प्रतिबेदन अनि कांग्रेशको गृहमन्त्री सुर्रिएर समाउने : खासमा बिरोध गर्नु पर्ने कसको हो ??
अनि द्रिस्तिबिहिन नभनेर के भन्ने ??
सत्य यथार्थ कुरा यहिँ हो, ओली ले रवि लामिछाने लाई २/२ पटक आलोचना खेपेर पनि उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाए यसको बदला अहिले रवि लामिछाने लगायत रास्वपाका नेता कार्यकर्ताहरू ओली लाई गाली गरिरहेका छन्, यो गाली भोलि रवि लामिछाने का लागि झन पासो बन्न सक्छ।