चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ – Nepal Press

चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ

काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्ने गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।’

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *