ज्ञानेन्द्र शाहीको टिप्पणी- पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीकाे जुँगामा ताउ लगाएर बसेका छन् – Nepal Press

ज्ञानेन्द्र शाहीको टिप्पणी- पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीकाे जुँगामा ताउ लगाएर बसेका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् ।

सुदूरपश्चिमको बाजुराको कोल्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सत्ताको लागि कुनै सिद्धान्तविनै मिलेको जिकिर गरे ।

उनले भने, ‘बाजुरामा एमाले भनेपछि कांग्रेसले कुट्ने, कांग्रेस भनेपछि एमालेले कुट्ने, ठोकाठोक गर्ने, प्रत्येक चुनावमा मान्छेको हत्या हुन्छ । अहिले माथि सबै मिलेर सरकार बनाएका छन् । केपी ओलीको जुँगामा शेरबहादुरले ताउ लगाइदिन्छन्, अनि बाजुराका जनता आपसमा लड्छन् । उनीहरुलाई सिद्धान्त चाहिएको छैन । अनि यहाँ आपसमा किन लड्ने ?’

सांसद शाहीले राप्रपा देशको प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गर्ने मागसहित जनताकहाँ आएको बताए ।

उनले थपे, ‘अहिलेको संविधान हामीलाई झुलाउन बनाएका हुन् । ओली र देउवा आलोपालो प्रधानमन्त्री बनिरहेका छन् । जनताबाट जित्न नपर्ने, माधव नेपाल चुनाव हारेको मान्छेलाई पनि यो देशको प्रधानमन्त्री बनाइयो । माथि आफैं मिलेर जोडघटाउ गर्ने, फेरि प्रधानमन्त्री हुने, त्यसैले राप्रपा आफैं जनताले देशको प्रधानमन्त्री चुन्ने अधिकार दिनुपर्छ भनेर लागेको छ ।


प्रतिक्रिया

2 thoughts on “ज्ञानेन्द्र शाहीको टिप्पणी- पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीकाे जुँगामा ताउ लगाएर बसेका छन्

  1. यो फेरि राजाको पाउ चाटेर पद खाउँला भनेर हिडेको छ । यस्ता स्वाभिमान गिरेकाको पछि लाग्नु, आफ्नो पनि स्वाभिमान गिराएर ? अर्को दिल्लिको दलाल ससुराली र बैंकका पैसाले दुईचार जना गुण्डा पालेर ओलिको विरोध गर्दै हिडेको छ । अनि अर्को रौतहटको पूर्व माओवादी तस्कर छ प्रभू भन्ने । त्यसलाई पनि दिल्लीले ओलिलाई गालि गर्न टट्टुको रूपमा खटाएको छ ।दाङको एसको भारतीय दलाल चुच्चे नक्साको कुरा पछि दुलोमा पसेको छ । चाईना कार्ड भनेर अर्को टट्टुले म्याउ गरिहाल्यो । यी टट्टुहरूलाई शुन्यमा मिलाई दिनुपर्छ जनताले ।शुरूवात उपचुनावबाट होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर