दुई दिनमै दुई हजार एक सयले बढ्यो सुनको मूल्य
नेपाल प्रेस
२०८१ मंसिर ४ गते ११:३१
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
सोमबार एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजार पुगेको सुनको मूल्य मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार प्रतितोला एक हजार ९५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर