अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्यो एक अर्ब
नेपाल प्रेस
२०८१ मंसिर ४ गते ११:२५
काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रूपैयाँ जम्मा गरेको छ ।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर