प्रसाईंविरुद्ध साइबर क्राइममा मुद्दा चलाइने – Nepal Press

प्रसाईंविरुद्ध साइबर क्राइममा मुद्दा चलाइने

काठमाडौं । भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।

‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उनले भने, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’

उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।

‘उहाँले सम्माननीय प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छर्नुभएको छ’, बोगटीले भने, ‘त्यस कसुरमा आकर्षित हुने दफाबमोजिम मुद्दा अगाडि बढ्छ ।’

भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बोगटीले बताए । ‘यस्तो वारदातमा जो–जो संलग्न छन्, हामी सबैलाई ल्याएर कानुनी कारबाही गर्नेछौं’, उनले बताए ।


प्रतिक्रिया

One thought on “प्रसाईंविरुद्ध साइबर क्राइममा मुद्दा चलाइने

  1. यस्तो विषयमा सम्बन्धित पक्षको छानबिन गरी दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही होस् होइन भने यस्तो भ्रमको खेती गर्ने अफाहा फिजाउने ब्यक्ति वा राज्यको मानमर्दन गर्ने समुह वा राजनीतिक नेता वा कार्याकर्ता वा दललाई हदैसम्मको कानुनी कारबाही राज्यले गर्नुपर्छदेशलाई अस्थिर र अफाहा फिजाउने जो कोहीलाई छोड्नु हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर