दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ
काठमाडौं । ‘फेक डकुमेन्ट’ सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका भाइरल व्यवसायी दुर्गा प्रसाईँ केही बेरअघि पक्राउ परेका छन् । उनले हालेको भिडिओ अहिले सामाजिक सञ्जालमा विरोधीले भाइरल गराइरहेका छन् ।
उनीमाथि विद्युतीय कारोबार ऐन र मुलुकी अपराध संहिताअनुसार सजाय हुनसक्ने प्रहरी र कानूनका ज्ञाताले बताएका छन् ।
अभिवक्ता विनिता तामाङ सरकारी दस्तावेज कीर्ते गर्नेलाई कानूनमै सजाय तोकिएको बताउँछिन् । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ ग अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने उनले नेपाल प्रेससँग बताइन् ।
यस्तै हस्ताक्षर कीर्तेको पनि बेग्लै सजायको प्रावधान छ । उक्त कसुरमा ५ वर्ष कैद र ५ हजासम्म जरिवाना तोकिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटी उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले मुद्दा चलाउने बताउँछन् ।
उनका अभिव्यक्ति र लगाइएका लाञ्छना झुठो ठहरिए विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुन्छ । जसअन्तर्गत एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।’
यस्तो विषयमा सम्बन्धित पक्षको छानबिन गरी दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही होस् होइन भने यस्तो भ्रमको खेती गर्ने अफाहा फिजाउने ब्यक्ति वा राज्यको मानमर्दन गर्ने समुह वा राजनीतिक नेता वा कार्याकर्ता वा दललाई हदैसम्मको कानुनी कारबाही राज्यले गर्नुपर्छदेशलाई अस्थिर र अफाहा फिजाउने जो कोहीलाई छोड्नु हुदै