जनार्दनले भने- त्यो बेलामा कृष्ण सिटौलासँग भेट भएको भए म कांग्रेस नै हुन्थेँ कि ! (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्यपक्षबाट दमन भएपछि माओवादीले युद्ध लड्नपर्ने परिस्थिति बनेको बताएका छन् ।
शान्ति प्रक्रियाबारे अन्तरक्रियामा कार्यक्रममा बोल्दै उनले माओवादीले जनमुक्ति सेना बनाएर जनयुद्धको घोषणा नगरेको बताए ।
राजतन्त्रको विरुद्ध लडाइँ केन्द्रित भएको स्मरण गर्दै उनले भने, ‘संयोगले भनौं, मेरो भेट कृष्ण सिटौलासँग भएको भए म कांग्रेस नै हुन्थे कि थाहा छैन । मेरो बुबा, एकजना कम्युनिष्ट शिक्षकसँग सहकार्य भएपछि उहाँ नै कम्युनिष्ट भएर पार्टी स्थापना गर्नुभएको रहेछ, म कम्युनिष्ट पार्टीमा लागेँ, त्यो बेलामा संर्घषको अवस्था थियो ।’
उनले आफूले गरेको संघर्षले गर्दा सामन्तवादलाई अन्त्य गराउन सफल भएको जिकिर गरे ।
राजतन्त्रलाइ बेकार को गाली नगर्। कांग्रेस र एमाले को हातमा थियो सत्ता त्यो बेला। तिमी हरूको आतंकबादलाइ सेफ ल्याण्ड गराउन राजतन्त्रलाइ बलि चढायो गिरीजा एण्ड कम्पनीले । बिदेशीको बलमा आतंक चलायौ, त्यही भएर तिमीहरू बिदेशीको टट्टु हौ।