युक्रेन युद्धकै बीच भारत भ्रमणमा आउँदै रुसी राष्ट्रपति पुटिन
नेपाल प्रेस
२०८१ मंसिर ४ गते १६:२५
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । रुसी समाचार एजेन्सी स्पुत्निकका अनुसार भ्रमणको मिति चाँडै सार्वजनिक हुनेछ ।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ लिएर स्पुत्निकले मिति घोषणा चाँडै हुने उल्लेख गरेको छ ।
युक्रेन युद्ध सुरु भएपछि उत्तर कोरिया, चीन, मङ्गोलिया तथा उज्बेकिस्तान जस्ता केही देशमात्र भ्रमण गरेका पुटिनको पछिल्लो भ्रमण भारतमा हुन लागेको हो ।
गत जुलाईमा मोदीले मस्को पुगेर पुटिन भेटेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर