लैंगिक मुद्दालाई उठाउन काठमाडौं महानगरले सातौं ‘वुमेन आफ द वर्ल्ड’ आयोजना गर्ने (भिडिओ) – Nepal Press

लैंगिक मुद्दालाई उठाउन काठमाडौं महानगरले सातौं ‘वुमेन आफ द वर्ल्ड’ आयोजना गर्ने (भिडिओ)

१० हजार बढी सहभागी हुने अपेक्षा, तयारी र उद्देश्यबारे के भन्छिन् सुनीता डंगोल ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं मंसिर ८ र ९ गते काठमाडौंमा वुमेन आफ द वर्ल्ड (वाउ) को सातौ संस्करण आयोजना गर्ने भएको छ ।

महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको नक्सालस्थीत नन्दीकेशर बगैचामा वुमेन आफ द वर्ल्डको आयोजना गर्न लागेको जनाएको हो ।

लैङ्गिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाँउ ल्याउने अपेक्षा गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले महिला बालबालिकाहरुले भोगिरहेका समस्या समाधानका लागि आपसी सिकाई र भोगाइको अनुभव साटासाट गराउने सम्मेलनको उद्देश्य रहेको बताइन् । लैंगिक मुद्दालाई सार्वजनिक स्थानबाट उठाउन सम्मेलन उपयुक्त अवसर भएको उनको भनाइ छ ।

महोत्सवमा १० हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा महानगरले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर