कोटेश्वर कर कार्यालयमा कर सूचना केद्न स्थापना – Nepal Press

कोटेश्वर कर कार्यालयमा कर सूचना केद्न स्थापना

काठमाडौं । आन्तरिक राजश्व कार्यालय कोटेश्वरले करदातालाई कर सम्वन्धी सचेतना जगाउन करदाता सुचना केन्द्र सञ्चालनमा ल्याएको छ । राष्ट्रिय कर सप्ताहको अवसरमा नागरिकलाई कर सम्बन्धी जानकारी दिई स्थायी लेखा नम्वर लिन र करमा दर्ता भएका कर दातालाई आर्थिक ऐनले दिएको छुट र सुविधाको बारेमा जानकारी गराउने उद्देश्यले सुचना केद्र सञ्चालनमा ल्याएको प्रमुख कर अधिकृत गगन बहादुर विकेले जानकारी दिए ।

नेपाल सरकारले यस बर्ष विभिन्न छुट सुविधा ल्याएको छ । जस अन्तर्गत शुरु दर्ता निकायमा विगतमा दर्ता भईसकेका तर, स्थायी लेखा नम्वर नलिएका करदाताले स्थायी लेखा नम्वर लिई आर्थिक वर्ष २०७८–०७९ पछिको आय विवरण र कर फागुन मसान्तसम्म बुझाएमा बाँकी सवै छुट पाईनेछ । त्यसैगरी स्थायी लेखा नम्वर लिई आर्थिक वर्ष २०७९–८० सम्मको आय विवरण बुझाउन बाँकी रहेको भए त्यो आय विवरण, आय कर र ब्याज बापतको २५ प्रतिशत रकम फागुन मसान्तसम्म बुझाएमा बाँकी सबै छुट पाईनेछ ।

यस्तै २०८० असार मसान्तसम्मको मुल्य अभिवृद्धि कर विवरण बुझाउन बाँकी भए विवरण, कर र ब्याजबापतको ५० प्रतिशत रकम फागुन मसान्तसम्म बुझाएमा बाँकी सबै छुट पाउने व्यवस्था रहेको जनाइएको छ । यस बर्ष कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ १३ ‌औं राष्ट्रिय कर दिवस सप्ताह व्यापी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैँछ ।

मंसिर १ गते देखी ७ गते सम्म सप्ताहव्यापी करदाता सुचना केन्द्र सञ्चालन गर्ने, कार्यक्षेत्र अन्तर्गतका कलेजमा कर सम्बन्धी अनुशिक्षण सञ्चालन गर्ने लगायतका विभिन्न सचेतनामुलक र जानकारीमुलक कार्यक्रम आयोजना गरि मनाइने गरेको प्रमुख कर अधिकृत विकेले बताए । उनका अनुसार कार्यालयले कर सप्ताहकै क्रममा मंसिर २ मा पहिलो करदाताको रुपमा सेवा लिन आउने सेवाग्राहीलाई टीका र खाँदा लगाई सम्मान गरेको थियो ।

अहिलेको कर प्रशासन करदातामैत्री रहकोले करदातामा कर प्रशासनप्रतिको धारणामा परिवर्तन आएको र यसैलाई मूर्तरूप दिन र अरू करदातालाई पनि स्वयं कर सहभागितामा सहभागी गराउने, प्रोत्साहान दिने उद्देश्यले बढी कर तिर्ने र इमानदार करदातालाई पुरस्कृत गर्ने र सम्मान गर्ने गरेको समेत जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर