आहा रारा ! स्वर्गकी अप्सरा (तस्बिरहरू) – Nepal Press

आहा रारा ! स्वर्गकी अप्सरा (तस्बिरहरू)

मुगु । मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो ।

छायानाथ नगरपालिकामा रहेको यो तालको मनमोहक प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउँछ । यही सुन्दरता अवलोकन गर्न प्रत्येक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउँछन्।

मुर्मा टपबाट रारा ताल पुरै देख्न सकिन्छ । पैदल यात्रा वा घोडा चढेर पनि त्यहाँ पुग्न सकिन्छ । मुर्म टपबाट तालसँगै कान्जिरोवा, सैपाल र सिस्ने हिमाल पनि देख्न पाइन्छ ।

तालमा बोटिङ्ग गर्ने व्यवस्था पनि रहेछ । रारा तालको पानी सङ्गलो अनि चिसो छ । तालमा हाँसहरू पौडिरहन्छन् । समय समयमा आफ्नो रंग फेरेर अझै अद्भुत र आकर्षक देखिन्छ रारा ।

प्रकृतिको अनुपम सौन्दर्य रारालाई स्वर्गकी अप्सराका रूपमा बखान गरिन्छ। चञ्चल, निर्मल र कोमल छ रारा ।

निर्मल आकाशमुनि हराभरा प्रकृतिको घुम्टो ओढी बसेको राराको अवलोकन गर्न आउने सबै सुन्दरताले मोहित हुन्छन्। । रारा समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा छ । ताल क्षेत्र १०.८ वर्ग किलोमिटरमा फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *