अमेरिकी सरकारमा गुनासो पुगेपछि रास्वपा नेत्रीको विवाह मुद्दा बनाउने भट्टराईले हटाए ट्विटर आइडी – Nepal Press

अमेरिकी सरकारमा गुनासो पुगेपछि रास्वपा नेत्रीको विवाह मुद्दा बनाउने भट्टराईले हटाए ट्विटर आइडी

काठमाडौं । रास्वपाका नेत्रीहरूको विवाहलाई मुद्दा बनाएर उनीहरूको जोडी फोटो सार्वजनिक गरेर आलोचना गर्दै आएका अमेरिकाका प्रदीप भट्टराईले आफ्नो रोजगार निकायमा गुनासो पुगेपछि ट्विटर आइडी बन्द गरेका छन्।

डाक्टर प्रदीप भट्टराई नामबाट विभिन्न मिडियामा लेख लेख्ने उनी अमेरिकी सरकारको एक निकाय ‘फरेन सर्भिस इन्स्टिट्युट’मा काम गर्ने कर्मचारी भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता दीपा लामिछानेले इन्स्टिट्युटकी हाकिम जोआन पोलास्चिकलाई समेत ट्याग गरेर गुनासो गरेपछि भट्टराईले आइडी बन्द गरेका हुन ।

रास्वपा नेत्री सुमना श्रेष्ठले पोल्यान्डका पत्रकार बिहे गरेको भन्दै उनले आपत्ति जनाएका थिए । दुई बिहे भएकोमा निन्दा गरेका थिए । सोबिता गौतमले कर्नाली याक्सका साहु समेत रहेका गिरेन्द्र घिमिरेले भारतीय खेलाडी शेखर धवनलाई प्रति खेल ३० हजार डलर दिएर ल्याएकोमा उनले त्यो पैसामा रास्वपा सांसदलाई जोडेका थिए ।

भट्टराईका लेख रातोपाटी, दृष्टि, अन्नपूर्ण, ब्रेकलिङ्क्स आदि मिडियाहरूमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *