पर्यटनमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिँदै सांसद बजगाईँले मागे माफी
काठमाडौं । सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन् ।
आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता लिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यस कारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।’
बजगाईँले मन्त्री पाण्डेलाई क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईँले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । उजुरीपछि मंगलबार कांग्रेसको अनुशासन समितिले बजगाईँलाई बोलाएको थियो ।
साँसदजस्तो व्यक्ति भएर जथाभावि बोल्ने अनि माफी माग्ने । बेईज्जत । के मुख देखाएर हिडनु ? विना आधार बोल्ने यस्ता साँसदलाई साँसद पदबाट समेत निकाल । काम छैन यस्ता साँसद देशलाई ।
बद्री पाण्डे उदाउदा नेता हुन उन्लाइ भ्रष्टाचार आरोप लगाउनु दुखद कुरा हो । जस्टिफाइ गर्न नसक्नेले यत्रो आरोप लगाउने ?? उनले क्षमा मागेरमात्र पुग्दैन उनलाइ सन्बन्धित पार्टिको नसियत दिनैपर्छ । शिष्ट शालिन भद्र नेता जस्ले मुलुकका लागि केही गरौ भन्ने उत्कट इच्छा छ त्यस्तो ब्यक्तिलाइ आरोप लगाउनेले क्षमा मागेर मात्र पुग्दैन !