९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो
नेपाल प्रेस
२०८१ मंसिर ५ गते ११:०३
काठमाडौं । बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य बुधवार पनि नौ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।
मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । मङ्गलवार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला एक हजार ९५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर