बीआरआईबारे एमाले- कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं (भिडिओ)
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईबारे कांग्रेससँग फरक मत रहेको बताएका छन् । पछिल्ला समसामयिक घटनाक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बीआरआईबारे कांग्रेस र एमालेको बुझाइमा एकरुपता नरहेको बताए ।
उनले यो परियोजनको विषयमा डिफरेन्सेस भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने जिकिर गरे ।
उपमहासचिव ज्ञवालीले कांग्रेसले पहिले हस्ताक्षर गरेर अहिले गिजोल्ने प्रयास गरेको बताए ।
उनले भने, ‘यो ऋणलाई हेरौं, धेरै महँगो रहेछ भने चीनसँग मात्रै होइन, अमेरिका र भारतसँग पनि लिनुहुन्न । सस्तो हुन्छ भने जहाँबाट लिँदा पनि हुन्छ । अहिले छलफल गरिरहेका छौं । अलिअलि डिफरेन्सेस भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं ।’
कांग्रेसले भने बीआरआई अनुदान भए लिन सकिने, तर ऋण स्वीकार्न नसक्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनले भने, ‘यो अनुदान भए ठीकै छ हामीले भनेका छौं । आवश्यक नै नभएको बेलामा अरुले दिन्छु भन्दैमा ऋण कसैले लिँदैन, लिनुहुँदैन । अहिले ऋण लिनुपर्छ भन्नेमा एमाले पनि छैन, प्रधानमन्त्री पनि हुनुहुन्न ।’
काँग्रेसले कसैसँग पनि ऋण नलिने भनेको हो ? कि भारतको दलाल बनेर चीनसँग चाहिँ लिनै हुन्न भनेको हो ? चीनले दिने अनुदान, ऋण बढी चीनसँग कनेक्टिभिटी बढाउन प्रयोग गर्ने हो । यसो भयो भने नेपालको व्यापार चीनतिर बढी हुन्छ । अनि त भारतले लुटन पाउनै छोडछ । भारतले अहिले एकलौटी नेपाललाई लुटिरहेको छ । त्यहि लुटेको खान दिएका टट्टुहरू अहिले नेपालले चीनसँग बिआरआई सम्झौता गर्ला, आयोजनाहरू बनेर भारतको एकलौटी दादागिरी र थिचोमिचो घटला भनेर नेपाल मै रहेका केही दलालहरूलाई सह्य भएको छैन ।दास मानसिकता भए पछि के लाग्छ ?