‘वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कार’ अधिवक्ता इटनीलाई
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएको छ ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए नेपाल)को ३५औं स्थापना दिवसको अवसरमा आज एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरिएको हो । इटनी लामो समयदेखि फौजदारी कानूनको अभ्यासरत छन् ।
लामो समय कानून र न्यायको क्षेत्रमा लागेका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयाघातबाट निधन भएको थियो । उनको कानून र न्यायको क्षेत्रमा अतुलनीय लगाव रहेकाले उनका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उनको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् ।
५ लाख रुपैयाँको अक्षय कोषको स्थापना गरी हरेक वर्ष फौजदारी कानूनको क्षेत्रमा क्रियाशील एक अधिवक्तालाई डीएलएमार्फत सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
आफ्ना बुवा वरिष्ठ अधिवक्ता गौतमले नेपालको फौजदारी कानूनमा रुचि राखेर आफ्नो जीवन वकालत क्षेत्रमा समर्पण गरेकाले उनको नाममा पुरस्कार स्थापना गरिएको छोरा अधिवक्ता आरसीले बताए ।
पुरस्कार प्रदान गर्न डीएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङको संयोजकत्वमा समिति गठन गरेको थियो ।
कार्यक्रममा ‘विस्डम ल एसोसिएट्स मध्यस्थ कानून पुरस्कार’बाट वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहाललाई प्रदान गरिएको छ । आफू अभ्यासरत रहेको सार्वजनिक खरिद र सो सम्बन्धमा मध्यस्थता विधिशास्त्रलाई सहयोग पु¥याउने उद्देश्यले यो पुरस्कार सुरू गरिएको अधिवक्ता किरण पौडेलले बताए ।