कोप-२९ मा सांसद डाक्टर शाक्य : कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य छौँ – Nepal Press

कोप-२९ मा सांसद डाक्टर शाक्य : कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य छौँ

अजरबैजान । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन् ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गरेकी हुन् ।

‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ । कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइ अक्साइड उत्सर्जन गदर्छ’, शाक्यले भनिन्, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर, एशियाली मुलुकमा पनि मुख्य गरेर चाइना र भारत कोइला उत्पादनमा अग्रपङ्त्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’

हरितगृह ग्यास उत्र्सजनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपाले रहेक वर्ष ठूलो क्षति व्यहोर्न बाध्य भएको पनि उनले उल्लेख गरिन् । जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् ।

‘हरितगृह ग्यास उत्र्सजका कारण नेपालमा रहेका २ हजार ३ सय २३ हिमताहरु मध्ये २० वटा हिमतालहरु उच्च जोखिममा रहेको तथ्यहरु बाहिर आएका छन्’, उनले भनिन्, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम वढ्दै जाने र अधिक मात्रामा हिउँहरु पग्लदै जाने क्रम नरोकिने हो भने हिमताहरुको संख्या वढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’

हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जन–धनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उनले संकेत गरिन् । ‘नेपालले सुख्खा पहिरो, पहिरो, बेमौसमी बाढी, पानीको मुहान सुक्ने, अतिवृष्टि, अनावृष् िआदि प्रकृति प्रकोपसँग जुझ्दै आइरहेको छ’, उनले भनिन्, ‘यसको हानी र नोक्सानीको क्षतिपूर्ति सम्वन्धित देशहरुबाट प्रभावित देशहरुले सहजरुपमा पाउनुपर्छ ।’

उनले कृषि क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइएका असरहरुका कारण हिमाली तथा पहाडी क्षेत्रमा बसाइसराइको क्रम वढ्दै गइरहेको पनि उल्लेख गरिन् ।

‘त्यसले सामाजिक तथा आर्थिक रुपमा नकरात्मक असर पारेको छ’, सांसद शाक्यले भनिन्, ‘नेपालको संघीय, प्रदेश र स्थानी सरकारमा नविकरणी उर्जा प्रवद्र्धनका लागि नीति, रणनीति र कार्यक्रमहरु बनाई कार्यान्वयनको अवस्थामा गइरहेको छ’, शाक्यले केही वर्षयता नेपालको कोइला उत्पादनमा उतार–चढाव आएको पनि उल्लेख गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *