उपनिर्वाचन : ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान, कसलाई के चिन्ह ?
काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले बुधवार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएर अन्तिम उम्मेदवारको सूची कायम भएका ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति ओखलढुंगा र कैलाली तथा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका ३ स्थान बाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह पनि प्रदान गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशुकुमार थपलियाले नेपाल प्रेससँग बताए ।
उनका अनुसार ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।