नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड – Nepal Press

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

क्यानडाका सभामुखसँगको भेट अगाडि नेपाली दूतावासले घुम्ती कन्सुलर सेवा दिएर पनि हेडलाइन बनाएको थियो । यही नोभेम्बर १६ र १७ मा टोरोन्टोमा भएको घुम्ती कन्सुलर शिविर आयोजना भएको थियो ।

शिविरमा ४०० हाराहारीले राहदानी तथा कन्सुलर क्षेत्रको सेवा लिएको दूतावासको प्रेस रिलिजमा जानकारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *