बोटलर्स नेपाल तराईको लाभांश घोषणा – Nepal Press

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ ।

बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको नाफाबाट प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ । कम्पनीले गत वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर