खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै दबाब र्याली (तस्बिरहरु)
नेपाल प्रेस
२०८१ मंसिर ६ गते १०:५०
काठमाडौं । खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै दबाब र्याली निकालिएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले र्याली निकालेको हो ।
कुपण्डोल पुलबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर इनाटोलमा भेला भएर र्याली माइतीघर पुगेको थियो ।
र्यालीमा सहभागीहरूले ‘निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर’, ‘अन्यायपूर्ण सडक विस्तार खारेज गर ’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर