राजन भट्टराई कम्बोडिया उडेपछि एमाले जागरण सभाको संयोजकको जिम्मेवारी कैलाश ढुङ्गेललाई – Nepal Press

राजन भट्टराई कम्बोडिया उडेपछि एमाले जागरण सभाको संयोजकको जिम्मेवारी कैलाश ढुङ्गेललाई

काठमाडौं । नेकपा एमालेले भोलि काठमाडौंमा गर्न लागेको जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाएका छन्। यसअघिका संयोजक राजन भट्टराई आइसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुने कम्बोडिया उडेपछि ढुंगेलले जिम्मेवारी दिइएको हो।

अधिवेशनमा एमालेका स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनपर्ने भएकोले हिजो साँझ कम्बोडिया गएका हुन्।

उनले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी मेरो अनुपस्थितिमा कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ।
क्याम्बोडियामा हुने कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको बताए।

ढुंगेल यसअघि समितिका सहसंयोजक थिए। सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी रहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको एमालेले मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने भन्दै भोलि काठमाडौंमा एक लाख कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्दैछ। संयोजक भट्टराई पार्टीको निर्देशन अनुसार कम्बोडिया गएकाले सहसंयोजक ढुंगेललाई पार्टी संयोजनको जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने,‘राजनजी पार्टीको निर्णय अनुसार बाहिर जानुभएको छ, व्यत्तिलगत काममा जानुभएको होइन। उहाँको अनुपस्थितीमा कैलाश ढुंगेललाई पार्टीले जिम्मेवारी दिएको हो। उहाँले हिजैदेखि कमाण्ड सम्हालिसक्नुभएको छ।’

उनले जागरण सभाको अन्तिम तयारी भइसकेको पनि जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर