वाइड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक – Nepal Press

वाइड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडाैं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ ।

यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको छ जसमा ३२” देखि ८६” सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको छ । यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ ।

यसको सटीक पिक्सेल पङ्क्तिबद्धता र केवल एक नानोमिटरको दूरीले गर्दा स्क्रिनमा एकरूपता सुनिश्चित गर्दछ र फराकिलो दृश्य कोणहरूमा पनि छविको गुणस्तर कायम राख्छ ।

अनावश्यक प्रकाशलाई सोसेर, नानोसेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्दछ, सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङहरू प्रदान गर्दछ ।

आइपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्दछ, जीवन्त छविहरूका लागि एक अर्बभन्दा बढी रङहरूलाई सपोर्ट गर्दछ र वाइद भ्युइङ एङ्गल पनि प्रदान गर्दछ ।

त्यसैले, समूह भेला र साझा अवलोकन अनुभवहरूका लागि नानोसेल टिभी एउटा उत्कृष्ट विकल्प हो यसको आविष्कारले जीवन्त र गतिशील दृश्यहरूका लागि आरजिबि रङलाई अझ फिल्टर गरेर रातो र हरियो रङलाई परिष्कृत गर्दछ ।

नानोसेल टिभीले जीवन्त रङ र फराकिलो स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकोले यसलाई ओएलईडी टि.भीको किफायती विकल्पको रूपमा लिन सकिन्छ । न्यानोसेल टिभीहरूमा एलईडी टिभीहरू भन्दा धेरै शार्पनेस हुन्छ ।

अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टिभीहरूले जीवन्त तस्विर गुणस्तरका लागि एआई-संचालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ ।

एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोड जस्ता सुविधाहरूले दृश्य अनुभवलाई अझ बढाउँदछ, जबकि एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडियो आउटपुटलाई समृद्ध पार्दछ जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली छ भनेर सुनिश्चित गर्दछ ।

एलजी नानोसेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्दछ ।

गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाहरूका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकताहरू पूरा गर्दछ । एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ जसले ग्राहकहरूले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ ।

सीजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २-१-१ नीति मार्फत बिक्री पस्चातको सेवा, तीन वर्षको पूरा वारेन्टी जस्ता ग्राहक लाभहरू पनि प्रदान गर्दछ । ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ-कमर्स साइट cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत एलजीको इनोभेटिभ टिभीहरूको पूर्ण अनुभव गर्न सक्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *