‘बोक्सो’ को आरोपमा हँसियाले हानेर हत्या, भाइ नाता पर्ने पक्राउ
नेपाल प्रेस
२०८१ मंसिर ६ गते १४:४८
सुर्खेत । दैलेखको दुल्लू नगरपालिका-१३ मालिकामा ‘बोक्सो’ को आरोप लगाउँदै ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरिएको छ । भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहालले घटनापछि भुवनसिंहलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रेसलाई बताए ।
भुवनसिंहले आफूलाई ‘बोक्सी मन्त्र लगाएर बिरामी पारेको’ भन्दै आक्रोशमा आएर कर्णबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर